images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • आज युनाइटेड इदी मर्दी एन्ड आरबी...

आज युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको साधारण सभा बस्दै

आज युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको साधारण सभा बस्दै

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend