images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणका निर्देशनलाई एकीकृत गर्दैछौं :...

बीमा प्राधिकरणका निर्देशनलाई एकीकृत गर्दैछौं : शरद ओझा

बीमा प्राधिकरणका निर्देशनलाई एकीकृत गर्दैछौं : शरद ओझा

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । बीमा प्राधिकरणले यसअघि जारी गरेका निर्देशनलाई एकीकृत गर्ने कार्य भइरहेको अध्यक्ष शरद ओझाले बताएका छन् ।आइतबार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले बीमकहरूले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनलाई एकीकृत रूपमा ल्याइदिन गरेको माग सम्बोधन गर्न प्राधिकरणले काम गरिरहेको बताए ।

    images
    images

    आफू प्राधिकरणमा आएको केही दिनमै निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम सुरु गरेको उनको भनाइ छ ।नियमावलीमा परेका विषयलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलोकन भएको ठाउँमा समयानुकुल बनाउने उनले बताए ।उनले दुई महिनाभित्र काम सकिसक्ने र बीमकलाई सहजता प्रदान गर्ने प्रतिबद्धता जनाए ।

    बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।‘५५ वटा जति निर्देशनहरू छन्, सम्भवतः डेढ, दुई महिनामा त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरूका लागि फरक-फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौं,’ उनले भने, ‘जसले तपाईंहरूलाई कार्यान्वयन गर्न सहज होस्, दुविधा उत्पन्न नहोस्, छरिएका विषयलाई एक ठाउँमा ल्याएर थप व्यवस्थित, थप संशोधन गर्ने काम निरन्तर हुनेछ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend