images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट...

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट सम्पन्न

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट सम्पन्न

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आफ्नो हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका सर्वसाधारण समूहका ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयरलाई लिलामी प्रक्रियामा ल्याई बाँडफाँट सम्पन्न गरेको छ।

    images
    images

    कम्पनीले चैत ४ गते लिलामी प्रक्रिया सम्पन्न गर्दै योग्य आवेदकहरूलाई सेयर वितरण गरेको हो। यस लिलामी प्रक्रियामा सहभागी भएका व्यक्तिहरूमध्ये न्यूनतम २६६ रुपैयाँ २० पैसाको बोलपत्र पेस गर्ने आवेदकहरूले सेयर प्राप्त गरेका छन्।

    कम्पनीले अघि १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, मागअनुसार सम्पूर्ण सेयर बिक्री हुन नसकेपछि बाँकी सेयर लिलामीमार्फत बिक्री गरिएको थियो।

    images
    images

    लिलामी बाँडफाँटमा समावेश नभएका आवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया चैत ११ गतेदेखि सुरु गर्ने कम्पनीले जानकारी दिएको छ। आवेदन फारममा उल्लेखित बैंक खातामार्फत कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी रकम फिर्ता गरिनेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend