images

२०८३ आश्विन १७ गते

images
images
images

महिला लघुवित्त वार्षिक साधारण सभा सम्पन्न

महिला लघुवित्त वार्षिक साधारण सभा सम्पन्न

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज अनमोल क्याटरिङ सर्भिस, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ।

    images
    images

    संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८०\८१ का विभिन्न प्रतिवेदनहरूसमेत छलफल गरी पारित गरिएको छ। बैठकमा लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तसम्मको वासलात र नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणका अनुसूचीहरूसमेत छलफल र पारित गरिएका छन्।

    सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पनि पारित गरेको छ।

    images
    images

    यसबाहेक, सभाले संस्थाको नियमावलीको नियम ३२(ग) मा संशोधन गर्ने र अन्य इजाजतपत्र प्राप्त 'घ' वर्गका लघुवित्त संस्थाहरूसँग गाभिने, प्राप्ति (अक्विजिसन) तथा खरिद प्रक्रिया अघि बढाउनका लागि संस्थाले मूल्यांकनकर्तालाई नियुक्त गरी आवश्यक प्रक्रिया पुरा गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend