images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सामुदायिक लघुवित्तद्वारा ग्लोबल मनि वीकको अवसरमा...

सामुदायिक लघुवित्तद्वारा ग्लोबल मनि वीकको अवसरमा साक्षरता कार्यक्रम सम्पन्न

सामुदायिक लघुवित्तद्वारा ग्लोबल मनि वीकको अवसरमा साक्षरता कार्यक्रम सम्पन्न

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । ग्लोबल मनि वीक २०२५ को अवसर पारेर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको सागा स्थित केन्द्रीय कार्यालयअन्तर्गत मन्थली शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    कार्यक्रम २०८१ साल चैत ७ गते, बिहीबार रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेस्वर माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रममा कक्षा ८, ९, ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै बचतको महत्त्व, भविष्यमा आवश्यक पर्ने ऋणको सदुपयोग, वित्तीय योजनाको आवश्यकता र व्यक्तिगत आर्थिक व्यवहारमा सचेत रहनुपर्ने विषयमा साक्षरता दिइएको थियो।

    साथै, बैंकिङ सेवा, खाता सञ्चालन प्रक्रिया, डिजिटल बैंकिङ, साइबर फ्रडबाट जोगिने उपाय, शेयर र नेपाल धितोपत्र बोर्ड सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हर्क बहादुर भुजेलले गरेका थिए भने सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालयबाट आएका सञ्चालन विभाग प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले संस्थाको परिचय र प्रदान गरिने सेवा–सुविधाबारे जानकारी गराएका थिए।

    images
    images

    क्षेत्रीय कार्यालय मन्थलीका क्षेत्रीय अधिकृत भरत खड्काले कार्यक्रम सञ्चालन तथा वित्तीय साक्षरता प्रशिक्षण दिएका थिए। यस अवसरमा मन्थली शाखा प्रमुख रमेश पौडेल, कर्मचारी प्रमोद यादव र चन्द्र बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend