images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै...

खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुटेपछि...

खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुटेपछि...

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौँ । अचेल सबैजसोले मोबाइल प्रयोग गर्दछन् । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ ।

    images
    images

    सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्कियो । मोटरसाइकलमा सवार उनी मोबाइल विस्फोट भएपछि अनियन्त्रित भएर लडे ।

    गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्‍याए । प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ ।

    images
    images

    अरविन्दकै दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए । रातभर मोबाइल चार्ज गरेका उनले बिहानै तरकारी किन्न जाँदा मोबाइल खल्तीमा बोकेका थिए । तरकारी किनेर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुको भनाइ छ ।अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।

    विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend