images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • बजारमा डल्ले च्याउको मूल्य घट्यो,...

बजारमा डल्ले च्याउको मूल्य घट्यो, यस्ता छन् च्याउ खानुका फाइदा

बजारमा डल्ले च्याउको मूल्य घट्यो, यस्ता छन् च्याउ खानुका फाइदा

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । बजारमा डल्ले च्याउको मूल्य घटेको छ। उत्पादन बढी भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।अहिले बजारमा च्याउ डल्ले, कन्य, राजा र सिताके गरी चार प्रकारका च्याउ पाइन्छन्।च्याउको प्रकार अनुसार मूल्य फरक हुन्छ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुधबारको तथ्यांक हेर्दा एक साताको तुलनामा डल्ले च्याउको मूल्य बढेको छ भने कन्य च्याउको मूल्य घटेको छ।बुधबार कालीमाटीमा डल्ले च्याउ प्रथोक मूल्य दुई सय ७० देखि तीन सय २०, कन्य च्याउ एक सय २० देखि एक सय ४० रूपैयाँमा कारोबार भएको छ।एक साता अघि कन्य च्याउ प्रतिकिलो थोक मूल्य न्यूनतम एक सयदेखि अधिकतम एक सय २० रूपैयाँ र डल्ले च्याउ तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    अहिले बजारमा डल्ले च्याउको उत्पादन बढी भएकाले च्याउको मूल्य घटेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए।'डल्लेको उत्पादन बढी छ। त्यो भएर मूल्य घटेको हो,' उनले भने, 'कन्य च्याउको सिजन सकिन लागेकाले मूल्य बढेको हो।'

    images
    images

    त्यस्तै, बुधबार राजा च्याउ दुई सय ८० देखि तीन सय र सिताके च्याउ प्रतिकिलो थोक मूल्य सात सयदेखि आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।यी च्याउका मूल्य भने धेरै घटबढ भएको छैन।

    च्याउको छोइला, अचार तथा तरकारी लगायतका परिकार बनाएर खान सकिन्छ। च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुने पोषणविद्हरू बताउँछन्। च्याउमा प्रोटिनसँगै भिटामिन–इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पाइन्छन्। यसको सेवनले छाला तथा कपाल स्वस्थ राख्नुका साथै मुटु रोगको जोखिम पनि कम गराउँछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend