images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • टिकटकमा सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित...

टिकटकमा सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने

टिकटकमा सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं ।  टिकटकले सेक्युरिटी चेकअप सुविधा थप गरेको छ । टिकटक अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्न उद्देश्यले सेक्युरिटी चेकअप सुविधा ल्याइएको हो । 

    images
    images

    यो सुविधा टिकटकको Settings and privacy > Security & permissions मा गएर प्रयोग गर्न सकिने छ । सेक्युरिटी चेकअपको उद्देश्य तपाईंलाई अकाउन्टसँग फोन नम्बर र इमेल ठेगाना जोड्न सजिलो बनाउनु हो, जसले गर्दा तपाईंले ब्याकअप लगइन विधि राख्न सक्नुहुन्छ । 

    साथै, दुई-चरणीय प्रमाणीकरण अन गर्न, पासकी सेट अप गर्न र अनुहार पहिचान जस्ता बायोमेट्रिक लगइन विकल्पहरू प्रयोग गर्न सकिने छ । त्यसैगरी, कुन-कुन उपकरणहरूमा तपाईंको खाता लगइन छन् भनेर हेर्न सकिने छ । त्यसबाट चिनजान नभएका वा अब प्रयोग नगरिएका उपकरणहरूको पहुँच रद्द गर्न सकिन्छ ।

    images
    images

    यदि खातामा कुनै अस्वाभाविक गतिविधि देखेमा, तपाईँले यसलाई यहीँ समीक्षा गर्न सकिने छ । अन्य ठूला प्लेटफर्महरूले यसअघि यस्तै सुविधाहरू ल्याइसकेका छन् । इन्स्टाग्रामले सन् २०२१ मा सेक्युरिटी चेकअप सुविधा ल्याएको थियो । तर, ढिला भए पनि टिकटकले सुरक्षासम्बन्धी उपयोगी सुविधाहरू थप गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend