images

२०८३ आश्विन १९ गते

images
images
images

गुल्मीमा ६० हजार घरधुरीमा विद्युतीकरण

गुल्मीमा ६० हजार घरधुरीमा विद्युतीकरण

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  •  गुल्मी- गुल्मी जिल्लाका ६० हजार घरधुरीमा बिजुली पुगेको छ ।

    images
    images

    जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, २, ८ र ९ तथा मालिका गाउँपालिकाको वडा नं १, २ र ३ बाहेकका क्षेत्रमा विद्युतीकरण भइसकेको छ ।

    पछिल्लो एक वर्षमा ११ सय घरधुरी ग्राहक थपिएका नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

    images
    images

    जिल्लामा नेपाल विद्युत प्राधिकरणबाट ३४ हजार र सामुदायिक विद्युतीकरण मार्फत २६ हजार घरधुरीले विद्युत सेवा लिदै आएका नेपाल विद्युत प्राधिकरण गुल्मीका वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिए ।

    प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत महसुलबापत १४ करोड ८५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । काठको पोललाई विस्थापित गर्ने काम पनि तीव्र रुपमा अगाडि प्राधिकरणको भनाइ छ ।

    जिल्लामा रुरु हाइड्रोपावर र रिडी हाइट्रोपावरबाट ७ मेगावाट बिजुली उत्पादन भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend