images

२०८३ कार्तिक ६ गते

images
images
images

चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंक बीच सम्झौता

चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंक बीच सम्झौता

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता भएको छ ।

    images
    images

    चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी असार १९ गते सम्झौता गरिएको बैंकले जनाएको छ ।

    नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रूपमा एनआईसी एशिया छनोट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।

    images
    images

    चन्द्रागिरि  नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी उनीहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।

    नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । 

    चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५/५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ ।

    यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend