images

२०८३ आश्विन २२ गते

images
images
images

बजारमा च्याउको मूल्य बढ्यो,प्रतिकिलो कति ?

बजारमा च्याउको मूल्य बढ्यो,प्रतिकिलो कति ?

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । बजारमा च्याउको मूल्य बढेको छ।माग अनुसारको आपूर्ति नभएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।अहिले बजारमा च्याउ डल्ले, कन्य, राजा र सिताके गरी चार प्रकारका पाइन्छ। च्याउको प्रकार अनुसार मूल्य फरक हुन्छ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा बुधबार कन्य च्याउको मूल्य घटेको देखिन्छ। बुधबार कालीमाटी बजारमा कन्य च्याउ प्रतिकिलो थोक मूल्य न्यूनतम एक सयदेखि अधिकतम एक सय २० रूपैयाँमा कारोबार भएको छ। एक साताअघि कालीमाटी बजारमा कन्य च्याउ न्यूनतम ७० देखि अधिकतम एक सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, बुधबार डल्ले तीन सय ५० देखि चार सय, राजा दुई सय ८० देखि तीन सय र सिताके च्याउ प्रतिकिलो थोक मूल्य सात सयदेखि आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। यी च्याउका मूल्य भने धेरै घटबढ भएको छैन। 

    images
    images

    ठूलो परिमाणमा च्याउ उत्पादन गर्ने फार्ममा समस्या आएकाले अहिले च्याउको मूल्य बढेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए।'च्याउ उत्पादन गर्ने एउटा फार्ममा समस्या आएर मूल्य बढेको हो,' उनले भने, 'समाधान हुने बित्तिकै घट्न थाल्छ।'

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend