images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम...

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। 

    images
    images

    कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्त्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले रहेका थिए । काफ्लेले बचतको महत्त्व, कर्जा अनुशासन तथा कर्जाको सही सदुपयोगबारे प्रकाश पार्दै, यसको दुरुपयोग हुँदा हुन सक्ने कानुनी कार्यवाही तथा समस्याका बारेमा जानकारी गराएको थियो। 

    साथै, फिदिम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र लावतीले समसामयिक आर्थिक विषयहरूमा आफ्नो विचार प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक दिपक धिमाल, कोशी प्रादेशिक कार्यालय अन्तर्गत फिदिम क्लस्टरका अनुगमन अधिकृत सन्तोष तामाङ, शाखा कार्यालय फिदिमका सम्पूर्ण कर्मचारी तथा विभिन्न केन्द्र तथा समूहका प्रमुख, उपप्रमुख तथा सदस्य गरी ७० भन्दा बढीको उपस्थिति रहेको थियो।

    images
    images

    कार्यक्रममा शाखा प्रमुख रमेश खनालले संस्थाले प्रदान गर्ने सेवा सुविधाबारे विस्तृत जानकारी गराएका थिए । साथै, गत असोज महिनामा अविरल वर्षाका कारण पहिरोमा परी निधन भएकी पाँचथर जिल्ला फिदिम नगरपालिका २ मजिटे निवासी देवीभक्त राईकी श्रीमती रञ्जना राईको परिवारजन तथा आफन्तलाई ग्रामीण कर्जा बीमा बापतको रु १० लाख १० हजार बीमा दाबी रकम समेत वितरण गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा उत्कृष्ट केन्द्र तथा उत्कृष्ट सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो। सहभागीहरूले वित्तीय जानकारी प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि आयोजना भए हुने अपेक्षा व्यक्त गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend