images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुपको लिलामी सेयरमा भोलिसम्म आवेदन...

ङादी ग्रुपको लिलामी सेयरमा भोलिसम्म आवेदन दिन सकिने

ङादी ग्रुपको लिलामी सेयरमा भोलिसम्म आवेदन दिन सकिने

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता सेयरमा आवेदन दिने भोलि २८ गते अन्तिम दिन रहेको छ।

    images
    images

    यो सेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोएिको छ। आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

    इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ। यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइनेछ।

    images
    images

    कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend