काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २१ गते बिहान ११ बजे, अमृतभोग, कालिकास्थान, काठमाडौंमा गर्ने निर्णय गरेको हो।
बोनस सेयर र नगद लाभांश प्रस्ताव
सभामा हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
हकप्रद सेयरमा संशोधन प्रस्ताव
यसअघि छैटौं साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशत मात्र जारी गर्ने प्रस्ताव राखिनेछ। हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छलफलका लागि राखिएको छ।
अन्य प्रस्तावहरू
सभामा निम्न प्रस्तावहरू पनि पारित गरिनेछन्:
- सञ्चालक समितिको बैठक भत्ता संशोधन।
- गत आर्थिक वर्षका वित्तीय विवरण पारित।
- चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।




.gif)





