images

२०८३ आश्विन १९ गते

images
images
images

युट्युब ग्लोबल ट्रेन्डिङमा दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’

युट्युब ग्लोबल ट्रेन्डिङमा दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं- मोडल तथा गायक दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा स्थान बनाएको छ। सोमबार अपरान्हसम्म यो गीत ट्रेन्डिङको ६७ औं स्थानमा रहेको छ।यो गीत २ महिनाअघि युट्युबमा लिज भएको थियो, र आइतबार यो गीत ८६ औं स्थानमा थिए। सोमबार भने यो गीतले अन्य चर्चित गीतलाई पछि पार्दै ६७ औं स्थानमा प्रगति गरेको हो। यस गीतले पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा बढी हेरिने नेपाली गीतको स्थान प्राप्त गरेको छ।

    images
    images

    यस गीतको सफलता संगै, एलिना चौहान युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली संगीतकर्मीको सूचीमा चौंथो स्थानमा पुगिन् भने, दुर्गेश थापा पाँचौं स्थानमा रहेका छन्। यद्यपि युट्युब चार्ट हरेक दिन अपडेट हुँदै गइरहेको हुँदा स्थानमा तलमाथि हुने सम्भावना रहेको छ। तथापि, यो गीत अहिलेसम्म युट्युबको शीर्ष १०० ग्लोबल गीतमा समावेश हुन सकेको छैन।

    यो गीतलाई अहिलेसम्म ३ करोड ३५ लाख पटक हेरिएको छ। ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा दुर्गेश थापाले शब्द र संगीत दिएका छन् भने, गीतमा आनन्द कार्की, एलिना चौहान, समीक्षा अधिकारी र दुर्गेश थापाको स्वर समावेश छ। यो गीत मेला महोत्सवदेखि टिकटक र रिल्समा पनि निकै लोकप्रिय भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend