images

२०८३ आश्विन १९ गते

images
images
images

तीन दिनमा ‘होस्टेल ३’ले कति कमायो ?

तीन दिनमा ‘होस्टेल ३’ले कति कमायो ?

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

    images
    images

    फागुन २३ गते शुक्रबारदेखि रिलिज भएको फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ४६ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले विशेषगरि शनिबार राम्रो ब्यापार गर्‍यो । शनिबार अपरान्हपछिका शोमा दर्शकीय अकुपेन्सी खचाखच रह्यो । आइतबार अकुपेन्सीमा केही गिरावट देखिएपनि अनुपात निराशाजनक भने रहेन ।

    कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी लगायतको अभिनय यसमा छ । फिल्मको लगानी २ करोड रुपैयाँ बताइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend