images

२०८३ आश्विन १९ गते

images
images
images
  • कला / संस्कृति
  • ‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, क्लिप्स...

‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, क्लिप्स हटाउन निर्देशक कँडेलको चेतावनी

‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, क्लिप्स हटाउन निर्देशक कँडेलको चेतावनी

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । फागुन २३ बाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल–३’ ले दर्शकबाट राम्रो साथ पाइरहेको छ । उच्च अकुपेन्सीका साथ तेस्रो दिनमा प्रदर्शनरत छ ।

    images
    images

    अर्कोतर्फ फिल्मका क्लिपहरु सामाजिक सञ्जाल टिकटक छ्याप्छ्याप्ती भेटिन थालेका छन् । ती क्लिपमा फिल्मका महत्त्वपूर्ण दृश्यहरू पनि देख्न सकिन्छ ।यसले फिल्मको कथावस्तु खुलाउने जोखिम बढेको छ । ती क्लिपहरु फिल्म हेर्न हलमा पुगेका दर्शकले खिचेर हालेको पाइएको छ ।

    फिल्मका निर्देशक सशान कँडेलले यस्ता क्लिपहरु सार्वजनिक हुनुलाई पाइरेसी बताएका छन् । साथै, उनले तत्कालन ती क्लिपहरु हटाउन आग्रह गरेका छन् ।

    images
    images

    निर्देशक कँडेलले ती क्लिपहरु नहटाए कानुनी उपचारमा लाग्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई तत्काल ती क्लिप्स हटाउन अनुरोध गरिन्छ । अन्यथा नेपाल प्रहरी साइबर ब्युरोमार्फन् कानुनी कारबाही गरी फिल्मलाई भएको आर्थिक क्षतिपूर्ति तपाईंबाटै असुल गरिने जानकारी दिइन्छ ।’अधिकार प्राप्त नभएका व्यक्ति वा संस्थाले यसरी क्लिप राख्नु अपराध हो । यसलाई प्रतिलिपि अधिकार उल्लङ्न गरेको मानिन्छ ।

    प्रतिलिपि अधिकार ऐन २०४९ अनुसार यसरी अधिकार नभएका व्यक्तिले फिल्मका दृश्य सार्वजनिक गर्दा १० हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्छ ।

    निर्देशक कँडेलको चेतावनी :

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend