images

२०८३ आश्विन २० गते

images
images
images

आज आइजीआई प्रुडेन्सियलको साधारण सभा

आज आइजीआई प्रुडेन्सियलको साधारण सभा

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ।

    images
    images

    सभाले चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ।

    त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

    images
    images

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend