images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • लाईन काटिएको ६ उद्योगमा बिजुली...

लाईन काटिएको ६ उद्योगमा बिजुली जडान

लाईन काटिएको ६ उद्योगमा बिजुली जडान

images
images
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा 
    प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै विद्युत् जडान भएको हो । 

    images
    images

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक  खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले मंगलबार रातीदेखि उक्त उद्योगमा विद्युत् जडान गरेको हो । ‘उद्योगीले पनि बक्यौता रकम तिर्नुपर्छ, प्राधिकरणले पनि लाइन काट्न हुँदैन,’मन्त्री खड्काले भने । 

    प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।   साँझ ९ बजेदेखि लाइन जोडिएको हो। 

    images
    images

    यस्तै अर्घाखाँची सिमेन्टका राजेश अग्रवालले मंगलबार साँझ ८ः१५ देखि उद्योगमा लाइन जोडिएको बताए । अग्रवालका अनुसार अर्घाखाँची सिमेन्टको लाइन काटेको १४ दिन भएको थियो । प्राधिकरणले लाइन जोडेसँगै बुधबारदेखि उत्पादनमा लाग्ने अग्रवालले बताए ।

    उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend