images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फागुन २३ गते महुली लघुवित्तको...

फागुन २३ गते महुली लघुवित्तको वार्षिक साधारण सभा

फागुन २३ गते महुली लघुवित्तको वार्षिक साधारण सभा

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा भोलि फागुन २३ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।

    त्यसैगरी, एफपीओ निष्काशनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । तर, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

    images
    images

    त्यसैले, यस वर्ष लगानीकर्ताहरू हात खाली हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend