images

२०८३ आश्विन १९ गते

images
images
images

‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं ।सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए ।

    images
    images

    पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले ’श्री बुकुरो’ निर्माण गरेका हुन् । विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो सिनेमाको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

    बुधबार सार्वजनिक सिनेमाको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ । टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने सिनेमाको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ ।

    images
    images

    फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

    पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend