images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • व्यक्तिगत तथा सार्वजनिक विद्युतीय सवारीमा ६०...

व्यक्तिगत तथा सार्वजनिक विद्युतीय सवारीमा ६० प्रतिशत मात्र ऋण पाइने व्यवस्था लागू

व्यक्तिगत तथा सार्वजनिक विद्युतीय सवारीमा ६० प्रतिशत मात्र ऋण पाइने व्यवस्था लागू

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारीसाधन खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था कार्यान्वयनमा आएको छ ।

    images
    images

    राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि निर्देशन (परिपत्र) जारी गरेपछि सो नीति लागू भएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय सवारीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय सवारीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।

    यस्तै, पेट्रोल तथा डिजेलबाट चल्ने (आईसी इन्जिन) भएका व्यक्तिगत सवारीसाधन खरिदमा हाल ५० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको नयाँ व्यवस्था पनि लागू भएको छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीका हकमा भने बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतसम्म ऋण दिन पाउने व्यवस्थालाई यथावत् राखिएको छ । समीक्षामार्फत राष्ट्र बैंकले विद्युतीय सवारीसाधनलाई निरुत्साहित गर्न र अन्य सवारीलाई प्रोत्साहन गर्न चाहेको देखिन्छ ।

    images
    images

    व्यवसायीहरूका अनुसार सवारीसाधनको कुल बजारमध्ये करिब ७० प्रतिशत विद्युतीय र बाँकी ३० प्रतिशत मात्र अरू सवारीको हिस्सा छ । यस्तो बेला विद्युतीय सवारीलाई निरुत्साहित गर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने धारण व्यवसायीहरूको छ । अरू क्षेत्रमा ऋण माग नभइरहेको बेला बैंकहरूले विद्युतीय सवारीमा कर्जा दिँदै आएका थिए । अब त्यो क्षेत्रबाट पनि कर्जाको माग घट्ने दाबी उनीहरूको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend