images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड...

अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ।टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ। 

    images
    images

    सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो।

    अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

    images
    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ। तर, अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ। 

    यदी १० मिनेटभन्दा बढी समयको भिडिओ अपलोड गर्न सकिएको भएको छैन भने टिकटक एप अपडेट गर्नुपर्ने पनि बताइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend