काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज फागुन २० गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री प्रक्रियामा ल्याएको छ। कम्पनीले पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। तर, सो अवधिमा सबै सेयर बिक्री नभएपछि बाँकी रहेका सेयरलाई लिलामीमार्फत बिक्री गर्न लागेको हो।कम्पनीले ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा राखेको छ। इच्छुक लगानीकर्ताहरूले फागुन २८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
न्यूनतम मूल्य र बोलपत्र पेश गर्ने प्रक्रिया
यस लिलामी प्रक्रियामा सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढीका लागि १० अंकको गुणन हुने संख्यामा वा अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कहाँबाट आवेदन फाराम उपलब्ध हुन्छ?
ङादी ग्रुप पावर लिमिटेडको यो लिलामी सेयर बिक्री प्रक्रियाको व्यवस्थापन सिद्धार्थ क्यापिटल लिमिटेड ले गरेको छ। इच्छुक लगानीकर्ताहरूले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विभिन्न शाखाबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्। यी शाखाहरूमा विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर रहेका छन्।




.gif)





