images

२०८३ आश्विन १९ गते

images
images
images

एक अर्ब २८ करोड राजस्व कृष्णनगर विद्युत् केन्द्रद्वारा सङ्कलन

एक अर्ब २८ करोड राजस्व कृष्णनगर विद्युत् केन्द्रद्वारा सङ्कलन

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • कृष्णनगर (कपिलवस्तु)-नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भने , “आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले र ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ २५ पैसा सङ्कलन गरेको थियो ।”

    गत आवमा नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । आव ०७९/८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो । गतवर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।

    images
    images

    प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी आठ लाख १९ हजार सात सय २२ रुपैयाँ ५४ पैसा सङ्कलन गरेको छ ।

    कालोसूचीमा परेका ६१ ग्राहकबाट रु ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत दुई लाख ४४ हजार चार सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत तीन लाख तीन हजार नौ सय ५३, बन्दी मिटरबाट रु चार लाख २९ हजार चार सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ । विद्युत् महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत रु छ करोड ७५ लाख आठ सय ३३ सङ्कलन गरेको हो ।

    केन्द्रले सडक बत्तीको रु सात करोड चार लाख ३७ हजार नौ सय ८३ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता छ करोड छ लाख ३३ हजार एक सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ ।

    वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् । बाँकी पाँचवटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार पाँच सय ८१ ग्राहक छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend