images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च वृद्धि, सवा १४...

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ ।

    images
    images

    अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो ।

    १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे ।

    images
    images

    हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.२, बोटलर्स नेपाल बालाजुको ८.८, सप्तकोशी विकास बैंकको ८ र शिवम् सिमेन्टको ७.९ प्रतिशत मूल्य बढ्यो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend