images

२०८३ आश्विन २५ गते

images
images
images

सवा दुई खर्ब लगानी ११ महिनामा प्रतिबद्धता

सवा दुई खर्ब लगानी ११ महिनामा प्रतिबद्धता

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • १९ असार, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

    images
    images

    उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

    विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल ५९ वटा उद्योग दर्तामा आएको हो ।

    images
    images

    यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा वाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

    प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो । त्यसको तुलनामा उल्लेख्य वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

    हजारौं रोजगारीको अवसर

    प्रतिबद्धता अनुसार लगानी भित्रने हो भने त्यसबाट हजारौं रोजगारी सिर्जना हुने देखिएको छ । स्वीकृत भएको लगानी र दर्ता भएका कम्पनीले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

    वैदेशिक लगानी प्रतिबद्धतातर्फ दर्ता भएका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ ।

    ११ महिनाको अवधिमा २ वटा प्याटेन्ट दर्ता भएका छन् । डिजाइन दर्ता संख्या ११ वटा रहेका छन् । ट्रेडमार्क दर्ता ५ हजार ४९४ वटा रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend