images

२०८३ आश्विन २४ गते

images
images
images

परवल होलसेलमै प्रतिकिलो दुई सय रूपैयाँ!

परवल होलसेलमै प्रतिकिलो दुई सय रूपैयाँ!

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । बजारमा परवल महँगिएको छ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो यस्तो देखिएको हो। 

    समितिको तथ्यांक हेर्दा बिहीबार परवल प्रतिकिलो थोक मूल्य न्यूनतम दुई सय रूपैयाँदेखि अधिकतम दुई सय २० रूपैयाँ किलोसम्म छ।

    images
    images

    बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।

    अहिले परवलको सिजन नभएका कारण महँगिएको कालीमाटी बजारका व्यवसायीले जानकारी दिए।

    'बजारमा अझै महँगो छ। हामीले तीन सय रूपैयाँसम्म पनि किनेका छौं,' उनले भने। 

    अहिले परवल बेमौसमी तरकारीभित्र पर्छ। यो सिजनमा परवलको स्वदेशी उत्पादन छैन, भारत लगायतका क्षेत्रबाट आइरहको छ।

    बजारमा परवल धेरै परिमाणमा आउँदा मूल्य घट्छ भने थोरै परिमाणमा आउँदा मूल्य बढ्छ। बर्खा सिजन सुरू भएसँगै यहाँ परलवलको उत्पादन बढ्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend