images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • लामिनार टाइल्सद्वारा फुल–बडी टाइल सङ्ग्रह 'सिन्टो'...

लामिनार टाइल्सद्वारा फुल–बडी टाइल सङ्ग्रह 'सिन्टो' सार्वजनिक

लामिनार टाइल्सद्वारा फुल–बडी टाइल सङ्ग्रह 'सिन्टो' सार्वजनिक

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौँ ।  नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले फुल–बडी टाइल सङ्ग्रह सिन्टो (CENTO)सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम सङ्ग्रहलाई विस्तार गर्दै सिन्टो नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल सङ्ग्रहलाई बजारमा ल्याएको हो।

    images
    images

    फुल–बडी टाइलहरू प्राकृतिक ढुङ्गाजस्तै सतह देखि पुरै अंश एउटै डिजाईनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीइआइ रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण सिन्टो टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

    आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका सिन्टो टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्ःcento

    images
    images

    कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सिन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।

    नेपाली उपभोक्ताहरूको लागि अब घर वा कार्यालयका भर्र्याङका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्यधिक पकड सहितको सिन्टो टाइल उपलब्ध भएको छ ।

    सिन्टो फुल–बडी सङ्ग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरेका थिए। आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो सङ्ग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बन्ने कम्पनीको अपेक्षा रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend