images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • हुम्लाका गाउँपालिकामा दुई अर्ब ३९ करोडभन्दा...

हुम्लाका गाउँपालिकामा दुई अर्ब ३९ करोडभन्दा बढी बजेट पारित

हुम्लाका गाउँपालिकामा दुई अर्ब ३९ करोडभन्दा बढी बजेट पारित

images
images
बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • हुम्ला, असार १९ गते ।हिमाली जिल्ला हुम्लाका छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३९ करोडभन्दा बढी बजेट रहेको छ । सबै गाउँपालिकाले गाउँ सभाबाट असार १० देखि १६ गतेसम्म सो बजेट पारित गरेको हो ।

    images
    images

    जिल्लाका सात मध्य छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट दुई अर्ब ३९ करोड ३४ लाख १९ हजार रहेको छ । यो बजेट चालु र पुँजीगत हो ।

    यसमा सिमकोट गाउँपालिकाले रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड २८ लाख ४५ हजारको बजेट ल्याएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

    images
    images

    यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बजेट तथा कार्यक्रमले कृषि, पर्यटय र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै सभाबाट ३६ करोड ९२ लाख ७६ हजारको बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिनुभयो ।

    यसैगरी, शिक्षा, स्वास्थ्य लक्षित वर्ग, कृषि क्षेत्रलाई प्राथमिकता दिएर ताँजाकोट गाउँपालिकाले गाउँ सभाबाट पारित गरेको बजेटमा ३७ करोड रहेको अध्यक्ष लालकेस जैसीले बताउनुभयो । यसैगरी, गौरभका योजना, शिक्षा, स्वास्थ्य, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सर्केगार्ड गाउँपालिकाले आगामी आर्थिक वर्षका  लागि ४७ लाख ६७ हजार २२ हजारको बजेट ल्याएको अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।

    रोजगारी, उत्पादन, कृषि, आयआर्जन र पूर्वाधार क्षेत्रलाई बजेटले प्राथमिकता राख्दै आगामी आर्थिक वर्षका लागि ३७ करोड दुई लाख ७६ हजारको बजेट नाम्खा गाउँपालिकाले ल्याएको छ । यसैगरी अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । कृषि, रोजगारी, आयआर्जन, पूर्वाधार विकास, एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा उक्त गाउँपालिकाले राखेको छ । हालसम्म बजेट ल्याएका हुम्लाका गाउँपालिकाको बजेटको स्रोतमा सङ्घ, प्रदेश, राजस्व बाँडफाँट र केही अंश आन्तरिक स्रोतलाई मानिएको छ । चङ्खेली गाउँपालिकाको गाउँ सभा भने बस्न सकेको छैन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend