images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • क्लासिक डाइमण्डको टीपीजेएफएस सम्पन्न,फागुन १३ गतेदेखि...

क्लासिक डाइमण्डको टीपीजेएफएस सम्पन्न,फागुन १३ गतेदेखि विशेष ज्वेलरी एक्जिबिसन सुरु हुने

क्लासिक डाइमण्डको टीपीजेएफएस सम्पन्न,फागुन १३ गतेदेखि विशेष ज्वेलरी एक्जिबिसन सुरु हुने

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं ।  क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस) फागुन १२ गते सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो । 

    images
    images

    देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् । विजेताहरुले नगद पुरस्कारसहित एक बर्षका लागि ‘क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् ।

    फेसन सोमा विजेताहरुको क्राउनिंग सेरेमोनि पनि भएको थियो । क्राउनिंग सेरेमोनिपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढि अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्पमा वाक गरेका थिए । क्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त सो(स्टपर )रहेकी थिइन् ।

    images
    images

    दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफनो विचार ब्यक्त गरेकी थिइन् ।यसैगरि, फागुन १३ गतेदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ । एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ । 

    उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफनो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । साथै, उक्त अवसरमा इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend