images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौंः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने भएको छ ।

    images
    images

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावली तयार गर्न नियमावलीको मस्यौदा तयार गर्ने भएको हो । 

    विभागमा आज खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेस्रो पूर्ण बैठकमा सो विषयमा छलफल भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ऐनको दफा ५ बमोजिम “खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति” को व्यवस्था छ । बैठकमा समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विभागको कर्मचारीको सहभागिता थियो । 

    images
    images

    बैठकले प्राप्त राय तथा सुझावहरू समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्सको स्वच्छता एवं गुणस्तर मापदण्डलाई बैठकमा छलफल भएअनुसार परिमार्जन गरी स्वीकृत गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको थियो । यस्तै, स्थानीय परम्परागत खाद्य पदार्थ मस्यौदाको स्वच्छता तथा गुणस्तर मापदण्ड समेत स्वीकृत गरी सिफारिस गर्ने निर्णय भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend