images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • धनगढीमा ४० दिने सीप तथा रोजगार...

धनगढीमा ४० दिने सीप तथा रोजगार मेला

धनगढीमा ४० दिने सीप तथा रोजगार मेला

images
images
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौंः सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा ४० दिने सीप तथा रोजगार मेला सञ्चालन गरिएको छ । 

    images
    images

    बेरोजगार बसेका युवाहरूलाई सीपयुक्त बनाउन र युवा स्वरोजगार बढाउन मेला सञ्चालन गरिएको हो । मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् ।

    धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा आयोजना गरिएको मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुने आयोजकले बताएको छ । तालिकाको ४० दिने प्याकेज निर्माण गरिएको छ । ३० दिन सीप सिकाउने, ५ दिन अभ्यासमा सहभागी गराउने र बाँकी ५ दिन अवलोकन र परीक्षा दिने तालिका तय गरिएको छ । 

    images
    images

    युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यो मेला नेपालमै काठमाडौं पछि दोस्रो पटक धनगढीमा आयोजना गरिएको हो ।

    युवा उद्यमशीलता बढाउने, सीपयुक्त युवा तयार पार्ने यो प्रकारको तालिम प्रत्येक पालिकाले देशव्यापी रूपमा आयोजना गर्न सुझाव धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताएका छन् ।

    तालिमका लागि ९ जिल्लाका ८८ पालिका मध्ये ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए । पछि ३९ पालिकाका एक हजार ४० जनालाई छनोट गरी मेलामा सहभागी गराइएको छ । ती युवाहरूले बजारको मागलाई संशोधन गर्ने गरी ८ क्षेत्रका २९ विषयमा तालिम दिइने आयोजक संस्थाका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए ।
    मेलामा अटोमोबाईल,निर्माण, आथित्यरसत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक, स्वास्थ्य तथा सौन्दर्य, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधामा सीप सिकाइने छ । स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न गरिएकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धन्यवाद दिएका छन् । 

    सुदूरपश्चिम गरिबी र बेरोजगारी समस्याले बढी ग्रह छ । सीपयुक्त जनशक्तिको अभाव छ, यो कुराको संशोधन हुने गरी आयोजना गरिएको मेलाले युवा उद्यमी बढाउन र सीपयुक्त युवा निर्माणमा योगदान पुग्ने विश्वास मन्त्री भण्डारीको छ । 

    मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट तालिम दिइने छ । भने करिब अढाई करोड लगानी खर्च हुने अनुमान गरिएको छ । देशका लागि नै नवीन अभ्यास र आवश्यकता देखिएको विषयलाई संशोधन गरिएको प्रति मन्त्री भण्डारीले खुसी व्यक्त गरे । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको मेला सरकारकै प्राथमिकताको विषयलाई सघाउन पुग्ने विश्वास व्यक्त गरे । 

    मन्त्री भण्डारीले देशमै रोजगार र स्वरोजगारीका लागि एक मात्र स्थानीय तहले यस्तो तालिम सञ्चालन गरेर मात्र नपुग्ने बताए । 

    उनले भने, ‘अबको युग भनेको दक्ष जनशक्ति उत्पादनको युग हो । कुनै एउटा स्थानीय तहले मात्र तालिम लिएर पुग्दैन, अब संघीय सरकारले यस्ता तालिमहरूको एकीकृत रूपमा मन्त्रालय नै खडा गरेर गर्नुपर्छ, यसमा मेरो मन्त्रालयले पहल गर्छ’ उनले भने । 

    धनगढीमा आयोजना हुने सीप तथा रोजगार मेलामा ११ सय जना युवाहरूले विभिन्न २९ विधाको एक महिने तालिम लिनेछन् । तालिम पश्चात् उनीहरूको सीप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा रोजगारीको ग्यारेन्टी गरिनेछ । 

    मन्त्री भण्डारीले भने, ‘अब देश बाहिर जाने जनशक्ति पनि सीपयुक्त बनाएर पठाउनुपर्छ । त्यसका लागि संघीय सरकारले नै सीपमूलक जनशक्ति उत्पादनका लागि तयारी गर्नुपर्छ ।’

    उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले अर्को प्रंसगमा देशको समृद्धिका लागि बाधक देखिएका नियमहरू परिवर्तन गर्न ल्याइएका अध्यादेशहरूको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । 

    धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको विहीबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

    ‘विकास निर्माणका लागि पुराना ऐनहरू छन् । ती ऐनहरूले गर्दा काम गर्न चाहने निकायले समयमा काम गर्न पाएको छैन । काम नै गर्न नपाएका कारण समयमा बजेट कार्यान्वयन हुँदैन, अनि जनताले विकासको अनुभूती गर्न पाएका छैनन्’ उनले भने ।

    ‘विकास निर्माणका बाधक ऐनहरू परिवर्तनका लागि ल्याइएका अध्यादेशको अहिले विरोध भइरहेको छ । छिटो छरितो काम गर्न, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नका लागि अध्यादेशहरू ल्याइएका छन्, हामीले कुनै दल फुटाउन अध्यादेश ल्याएका छैनौँ, तर पनि समृद्धिका लागि गरिएका प्रयासको पनि विरोध किनरु’ उनले प्रश्न गरे । 

    नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको थियो । रोजगार मेला प्रति युवाहरूको आकर्षण बढ्ने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend