images

२०८३ आश्विन १८ गते

images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा आयोजना हुनेछ।

    images
    images

    सभामा गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सम्बन्धी छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १४ गतेसम्म सेयर किन्ने लगानीकर्ताले लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend