images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्दै,...

प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्दै, संस्थापक शेयरधनीलाई प्राथमिकता

प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्दै, संस्थापक शेयरधनीलाई प्राथमिकता

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेका शेयरहरू बिक्री गर्न चाहेको भन्दै निवेदन दिएपछि कम्पनीले सो शेयर सार्वजनिक रूपमा बिक्री गर्ने निर्णय गरेको हो।

    images
    images

    कम्पनीका अनुसार, हाल विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिइनेछ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यदि तोकिएको समयसीमाभित्र कुनै आवेदन नपरेमा, कम्पनीले ती शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।

    शेयर बजारमा प्रभु इन्स्योरेन्सको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताहरूका लागि यो अवसर महत्वपूर्ण हुने बताइन्छ। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको समयसीमाभित्र आवेदन दिएर यस अवसरको लाभ उठाउन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend