images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद...

जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद : घिसिङ

जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद : घिसिङ

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।

    images
    images

    नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा घिसिङले  सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।  

    हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको जानकारी दिए । 

    images
    images

    २८ हजार ५०० मेगावाट विद्युत् पुर्याउन प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पीपीए खोल्ने पक्षमा रहेको घिसिङले बताए । हाल पीपीए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए नखोलेको उनको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend