images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एनआईसी एसियामा बिक्रीमा राखिएका ११ लाखभन्दा...

एनआईसी एसियामा बिक्रीमा राखिएका ११ लाखभन्दा बढी कित्ता शेयर खरिदका लागि आज अन्तिम मौका

एनआईसी एसियामा बिक्रीमा राखिएका ११ लाखभन्दा बढी कित्ता शेयर खरिदका लागि आज अन्तिम मौका

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडाैं । एनआईसी एसिया बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेका ११ लाख ५९ हजार ६० कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज फागुन ६ गते अन्तिम दिन हो। बैंकले गत माघ २९ गतेदेखि आफ्नो स्वामित्वमा रहेका ४ कम्पनीका शेयर बिक्रीमा राखेको थियो।

    images
    images

    बिक्रीमा राखिएका शेयरमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का १० लाख कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तका ५९ हजार ६० कित्ता र नागरिक लगानी कोषका ५० हजार कित्ता रहेका छन्।

    शेयरको न्यूनतम मूल्य निफ्राका लागि प्रति कित्ता १०५ रुपैयाँ, सूर्यज्योति लाइफका लागि १६५ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तका लागि २७३ रुपैयाँ र नागरिक लगानी कोषका लागि ६९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले कम्तीमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    शेयर खरिदका लागि बोलपत्र पेस गर्दा आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाउनुपर्नेछ। इच्छुक लगानीकर्ताले अधिकतम सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

    बोलपत्र एनआईसी एसिया क्यापिटल, थापाथली, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय, थापाथली तथा बैंकका शाखा कार्यालयहरू काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट पेस गर्न सकिनेछ।बोलपत्र पेस गर्ने अन्तिम समय नजिकिएसँगै लगानीकर्ताहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend