काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो कम्पनीको आईपीओ जारी गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरले सर्वसाधारणहरुमा निष्काशन गर्न फागुन ४ गते एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो।
सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ।ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।




.gif)



