काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन २७ गते सभा बोलाएको हो ।
सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




.gif)





