images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले सर्वसाधारणमा आइपीओ...

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आउँदो फाल्गुन २५, २०८१ (मार्च ९, २०२५) आइतबार बिहान ८ बजे स्टार कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं मा आयोजना गर्ने भएको छ। कम्पनीको संचालक समितिको फाल्गुन २२ गते बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।

    images
    images

    छलफलका मुख्य एजेन्डा:

    १) आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
    २) लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने।
    ३) आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

    images
    images

    विशेष प्रस्तावहरू:

    १) कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने।
    २) कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्ने सम्बन्धमा छलफल।
    ३) नियामक निकायहरूको निर्देशनअनुसार नियमावली परिमार्जन तथा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

    अन्य जानकारी:

    • सभामा उपस्थित हुन सेयरधनीहरूले हाजिरी पुस्तिका बिहान ७:३० बजे देखि हस्ताक्षर गर्नुपर्नेछ।
    • सेयरधनीहरूले कम्पनीको वार्षिक वित्तीय विवरण, संचालक समितिको प्रतिवेदन तथा अन्य आवश्यक कागजातहरू कम्पनीको कार्यालयमा हेर्न सक्नेछन्।
    • वार्षिक साधारण सभाको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला-खारेजी प्रक्रिया फाल्गुन ११, २०८१ मा एक दिनका लागि बन्द रहनेछ।
    • फाल्गुन १० सम्म कायम रहेका सेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन्।
    • संगठित संस्था सेयरधनीहरूका प्रतिनिधिले अधिकृत पत्रसहित उपस्थित हुनुपर्नेछ।
    • संयुक्त नाममा सेयर दर्ता भएका हकमा पहिलो नाम उल्लेखित सेयरधनी वा सर्वसम्मत प्रतिनिधिले मात्र सभामा भाग लिन पाउनेछन्।
    • प्रोक्सी मार्फत प्रतिनिधि नियुक्त गर्न चाहने सेयरधनीहरूले फाल्गुन २३, २०८१, साँझ ४:०० बजेभित्र कम्पनीको कार्यालयमा प्रोक्सी फारम बुझाउनुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend