images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भोटेकोशीका १७ वटा सहकारी संस्था खारेजीमा...

भोटेकोशीका १७ वटा सहकारी संस्था खारेजीमा !

भोटेकोशीका १७ वटा सहकारी संस्था खारेजीमा !

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकाको नियमन क्षेत्राधिकार भित्र  रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि गाउँपालिकाले सूचना प्रकाशन गरेको छ ।

    images
    images

    गाउँपालिकाको सहकारी शाखाले सहकारी ऐन बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपी लगायत आवश्यक कागजातसहित भोटेकोशी गाउँपालिका सहकारी शाखामा सम्पर्क गर्न भोटेकोशी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दीपक दाहाल ले जानकारी दिनुभयो । 

    तोकिएको समय सीमाभित्र सम्पर्क नगर्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने समेत प्रमुख प्रसाशकिय अधिकृत दीपक दाहाल ले बताउनुभयो। भोटेकोशी गाउँपालिकाले जारी गरेको सार्बजनिक सूचनापत्रमा गाउँपालिकाका १९ वटा सहकारी संस्थाको सूची प्रकाशन गरेको छ ।

    images
    images

    जस अनुसार

    १. अमर उज्यालो सानाकिसान कृषि सहकारी संस्था

    २.त्रिशक्ति कृषि सहकारीसंस्था

    ३.लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था

    ४. कैलाश बचत तथा ऋण सहकारी संस्था

    ५. कोकरसिंग उपभोक्ता सहकारी संस्था

    ६.बन्जी सामुदायिक कृषि सहकारी संस्था

    ७.भोटेकोशी महिला बहु उदेश्यीय सहकारी संस्था

    ८.निशाना उपभोक्ता सहकारी संस्था

    ९. हिमालयन मितेरी बचत तथा ऋण संस्था सहकारी

    १०.लार्चाफुमाचे कृषि सहकारी संस्था

    ११. मितेरी उपभोक्ता सहकारी संस्था

    १२.शयपत्री उपभोक्ता सहकारी संस्था

    १३. शितल उपभोक्ता सहकारी संस्था

    १४. लिस्तिमाइ बचत तथा ऋण सहकारी संस्था

    १५.थानसिङ् कृषि सहकारी संस्था

    १६. सिन्धु पर्यटन सहकारी संस्था

    १७.गोर्खा नेपाल बचत तथा ऋण सहकारी संस्था सहित१७ वटा सहकारी संस्था खारेजी प्रक्रियाको लागि गाउँपालिकाले नाम प्रकाशन गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend