images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • पौने ४ अर्बमा ५० मेगावाटको दाना...

पौने ४ अर्बमा ५० मेगावाटको दाना खोलाको ठेक्का, ३० महिनामा निर्माण सकिने

पौने ४ अर्बमा ५० मेगावाटको दाना खोलाको ठेक्का, ३० महिनामा निर्माण सकिने

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । लालुपाते हाइड्रोपावरले निर्माण थालेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको ठेक्का लागेको छ । आयोजनाको सिभिल संरचना निर्माणको जिम्मा साई-पावर ईन्फ्रा जेभीले पाएको छ। कम्पनीले ३० महिनामा संरचना तयार पार्ने गरी ठेक्का पाएको हो ।

    images
    images

    कम्पनीले २०८१ असोज २२ गते टेण्डर आह्वान गरेको थियो ।  तोकिएको प्राविधिक मापदण्ड पूरा गरि छनोट गरिएका ७ वटा निर्माण कम्पनीहरूले वित्तीय दररेट पेस गरेकोमा लगभग ४ महिनाको सहमति र छलफल पश्चात सबभन्दा न्यूनतम दररेट पेश गर्ने साई-पावर ईन्फ्रा जेभीले सिभिल संरचना निर्माणको काम पाएको हो ।प्रवर्धक कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष मोहन कुमार डाँगी र निर्माण कम्पनीको तर्फबाट महाप्रबन्धक घन बहादुर श्रेष्ठबीच आगामी ३० महिनामा निर्माण सम्पन्न गर्ने गरि सम्झौता सम्पन्न भएको छ । कम्पनीले निकालेको ठेक्कामा हाई हिमालयन, बज्रगुरू, सिई, शेर्पा हाईड्रो, बाबरी र पारामाक्स कन्स्ट्रक्सनले आवेदन दिएका थिए ।  

    पुस २० गते आयोजनाको फाइनान्सियल क्लोजर भएको थियो । सानिमा बैंकको नेतृत्वमा आयोजनाको फाइनान्सियल क्लोजर भएको हो । उक्त सम्झौतामा सम्झौतामा प्रवर्द्धकहरुको तर्फबाट लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहन कुमार डाँगी र नेतृत्वकर्ता सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन् ।यो आयोजनामा कन्सोर्टियम फर्मको नेतृत्व गरिरहेको सानिमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब, कृषि विकास बैंकले १ अर्ब, एचआईडीसीएलले १ अर्ब, नेपाल एसबिआई बैंकले १ अर्ब गरी कुल ८ अर्ब ४७ करोड रुपैयाँ लगानी गर्नेछन् ।

    images
    images

    यो आयोजनाको जम्मा लागत  ९ अर्ब  ९६ करोड रुपैयाँ छ । यसमा बैंकहरुबाट  ७४७ करोड (७५ प्रतिशत) र प्रवर्धकहरुबाट २४९ करोड (२५ प्रतिशत) व्यवस्थापन गरिएको छ । प्रर्वधकहरुबाट स्वपुँजीको रुपमा लगानी गरिने २४९ करोड रुपैयाँको १० प्रतिशत वा २४.९ करोड रुपैयाँ स्थानीयको लागि सेयर जारी गरिनेछ भने सर्वसाधारणको लागी स्वपुँजीको २० प्रतिशत वा ४९.८ करोड रुपैयाँको सेयर जारी गरिने छ ।आयोजना मनाङ जिल्ला नासोँ गाउँपालिकामा रहेको दाना खोला) को पानी प्रयोग गरि यो आयोजना निर्माण गर्न लागिएको छ ।

    यो आयोजनामा पुग्नको लागि काठमाडौं- मुगलिङ-डुम्रे-बेशीसहर-ताल हुदै खोत्रो भन्ने स्थानमा पुगिन्छ । जहाँ यो आयोजनाको पावर हाउस छ । काठमाडौंबाट २५५.८ किलोमिटरको दुरीमा रहेको पावर हाउस स्थलमा सरदर ८ घण्टाको निजी सवारीकोयात्रामा पुग्न सकिन्छ । नासोँ गाउँपालिका- २, ३ र ५ मा यो आयोजना अवस्थित रहेको छ । जसमा नासोँ-२,नाँचै मुख्य प्रभावित क्षेत्र हो ।दाना खोला जलविद्युत आयोजनाको बाँध स्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा छ । सो बाँध लगत्तै २ वटा इन्टेक हुँदै दाना खोलाको पानी भूमिगत डिसेन्डरमा प्रवेश गर्छ जसको आयाम १००७१२.३ मिटर छ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस सुरुङ्ग हुदै पानी १.६ किलोमिटर पेन्स्टक सुरुङमा प्रवेश गर्छ ।

    हेडरेस र पेन्स्टकको बीच २४० मिटर लम्बाईको सर्ज सुरुङ रहने छ । पेन्स्टक पश्चात भूमिगत विद्युतगृह र भुमिगत स्वीचर्याड रहने छ । विद्युतगृह समुन्द्री सतहबाट १८२५ मिटरमा रहेको छ । जसमा ३ वटा पेल्टन टर्वाइन रहने छन र पानी ४१५ मिटर टेलरेस सुरुङ हुँदै मर्स्याग्द खोलामा छोडिनेछ । यो आयोजना शतप्रतिशत भुमिगत हुनेछ ।यसरी स्थानीय र सर्वसाधारणबाट ७४. ७ करोड रुपैयाँ संकलन गरेर बाँकी रहने स्वपुँजी १७४.३ करोड रुपैयाँ संकलन गरिनेमा हाल सम्म लगभग १०० करोड संकलन गरी ८३ करोड रुपैयाँ खर्च भएको छ । यो आयोजनाको सिभिल संरचना निर्माणको ठेक्का ३ अर्ब ८३ करोड रुपैयाँमा लागेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend