images

२०८३ आश्विन १८ गते

images
images
images

बालेनले गाएको गीत २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा

बालेनले गाएको गीत २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको फिल्म ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ ।सोमबार बेलुका रिलिज भएको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फ पहिलो नम्बरमा उक्लिएको हो ।

    images
    images

    यो भिडियोलाई ८ लाख ६३ हजारभन्दा बढीपटक हेरिएको छ ।‘नेपाल हाँसेको’ गीतमा शब्द, संगीत, स्वर र र्‍याप बालेनको छ । शाह मेयर भएपछि सार्वजनिक भएको यो पहिलो गीत हो।कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर रहेको छ ।

    यस्तो छ गीत

    images
    images

    कोरस

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

    बालेन

    अत्याचार, आक्रमण, अपराध, असमझदारी…
    विकल्पविहीन, विदेशी बैंक भन्छ भिकारी…
    शिकारी नेता, अभिनेता, धन्छ क्रान्तिकारी…
    बिगारी केटा÷केटी, भोको पेट रेटी, सिपाही…
    अविवाहित चेलीबेटी, बोकी पेट खेपी पिटायी
    बिताई रात, कुटायी घात खाएर, शरीर बिकाइ
    देशको माटो नै मिठाइ ठानी मैदान त्यो युद्धको…
    गिद्ध थ्यो जो, देशको लागि भक्त झैँ प्रसिद्ध भो…
    निःशब्द भो, अवशेष बाँकी चोखो बोली जोसित थ्यो…
    सिरजफ्त भो, देशव्यापी–आत्म–घाती– जो पवित्र थ्यो…
    आफ्नो प्राणको आहुती, आफ्नो ज्यानको विभूति
    ल्याई हिँडेको शहिदको केवल नामावली विभूषित
    कुण्ठित पिडामा डुबेकी आमालाई के काम विदुषी
    गरिबलाई दुई छाक नै खुशी, सरिफलाई चाहिन्छ कुर्सी…
    आमाकै साडी बेचेर, धनाढ्य सँगै छ पूँजी
    गोजीभरी भारु भराऊ भरेर भारतीको रोजी

    कोरस

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

    बालेन

    देश एउटा सुन्दर बगैँचा होस, रंगीचंगी फूलहरू
    हरेकलाई समान गलैँचा होस आदर हरेक मूलहरू
    अनुकूल प्रतिकुलहरू चिन्ता गर्ने भावना होस
    सामूहिक खुशी बिनाको के फाइदा त्यो चाहनाको
    औचित्य के त्यो कामनाको, एउटा हाँसो फुट्नलाई
    उद्देश्य लेउ एक होऊ हरेक हातहरू जुट्नलाई
    गरेर अब देखाऊ, कालो अतीतलाई मेटाऊ
    पालो हाम्रो हो भेटाऊ, कल्पना गर शान्तिको।
    सपना देख्नेकै पुरा हुन्छ, जागृति नै क्रान्ति हो
    बिपनामा बाटो खुल्ला हुन्छ आकृतिको सालिकको
    न सोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोक्कर हो
    तिमीले ठोक्कर खाने छौ, मानव मानवता बेगरको…
    एकपटक कारण बनी हेर अरुको सानो हाँसो को
    उसको मुस्कानमा रमाइ हेर निस्वार्थ प्रेम साँचो हो
    यो खाँचो हो मायाको पुरा भए नेपाल हाँस्ने छ
    एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाँच्ने छौँ

    कोरस

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend