images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • रिडी पावरको वित्तीय विवरण सार्वजनिक, बढ्यो...

रिडी पावरको वित्तीय विवरण सार्वजनिक, बढ्यो नाफा,अन्य सुचकको अवस्था कस्तो ?

रिडी पावरको वित्तीय विवरण सार्वजनिक, बढ्यो नाफा,अन्य सुचकको अवस्था कस्तो ?

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ  । गत वर्षको यो अवधिमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

    दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा चुलिएको हो । गत वर्ष ९ करोड ८२ लाख रहेको कम्पनीको  विद्युत बिक्रीबाट अहिले बढेर १८ करोड ६७ लाख कायम भएको छ ।

    images
    images

    चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २३ करोड ९९ लाख रुपैयाँले ऋणात्मक छ ।

    यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १४ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ९५ रुपैयाँ १० पैसा रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend