काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो ।
कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो। बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन बन्द थियो ।
यस्तै दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको वित्तीय खर्च १६ करोड ८ लाखबाट घटेर १० करोड ९० लाख रुपैयाँमा सिमित भएको छ।चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १२ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ।यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ ९६.९० रुपैयाँ कायम भएको छ।




.gif)





