images

२०८३ कार्तिक ६ गते

images
images
images

१०० रुपैयाँ दरका ३० करोड थान नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र आह्वान

१०० रुपैयाँ दरका ३० करोड थान नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र आह्वान

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आइतबार एक सूचना जारी गद बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो । 

    images
    images

    केन्द्रीय बैंकबाट गत २९ अक्टोबर, २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।

     योग्य आवेदनले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्नेछ । 

    images
    images

    राष्ट्र बैंक मुद्रण विभागका अनुसार योग्य छनोटमा परेका आवेदकले ४ सेप्टेम्बर, २०२४ दिनको १२ बजेसम्म (४६ दिन) आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गई ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्नेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend