images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको २५ औं साधारणसभा: सञ्चालक...

नेपाल लाइफको २५ औं साधारणसभा: सञ्चालक निर्वाचन रोकियो

नेपाल लाइफको २५ औं साधारणसभा: सञ्चालक निर्वाचन रोकियो

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५ औँ वार्षिक साधारणसभामा सञ्चालकहरूको निर्वाचन नहुने भएको छ। उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको आदेश अनुसार आज माघ २८ गते हुने साधारणसभामा सञ्चालक चयनको प्रक्रिया रोकिएको हो।

    images
    images

    महिला प्रतिनिधित्व विवादका कारण निर्वाचन स्थगित

    नेपाल लाइफको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट तीन जना निर्वाचित गर्ने कार्यक्रम तय गरिएको थियो। उम्मेदवारमा कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल, शर्मिला श्रेष्ठ महर्जन, खेतु थापा तथा सारथी इक्विटी फन्डका तर्फबाट प्रतिनिधि कोषराज सुवेदी थिए।

    images
    images

    तर, कम्पनी रजिस्ट्रारको कार्यालयले कम्तीमा एक जना महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान अनुसार निर्वाचन अघि नै परिमार्जन आवश्यक पर्ने बताएपछि उम्मेदवार थापाले उच्च अदालतमा रिट दायर गरेकी थिइन्। सोही रिटको सुनुवाइपछि अदालतले १५ दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको छ, जसका कारण सञ्चालक निर्वाचन हाललाई स्थगित भएको हो।

    साधारणसभा भने तय समयमै सञ्चालन हुने

    निर्वाचन रोकिए पनि वार्षिक साधारणसभा भने माघ २८ गते बिहान ९ बजे वीरगन्जको होटल भिष्वामा हुनेछ।सभाले गत आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश समावेश छ।

    नियमावली संशोधन र लेखापरीक्षक नियुक्ति

    बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले नियमावली र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, नियमनकारी निकायबाट आवश्यक निर्देशन भएमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

    माघ ९ सम्म कायम सेयरधनी मात्र सहभागी

    नेपाल लाइफले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माघ १० गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, माघ ९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend