नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अराजकता प्रदर्शन गर्न थालेका छन्। लोडसेडिङमुक्त गरेको भन्दै दम्भ देखाउदै आएका घिसिङले प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रो पावर कम्पनीको बैठकमा अन्य सञ्चालक माथि गिलास प्रहार गर्न खोजे। हातपातमा उत्रिए। त्यसपछि उनी घिसिङ बैठक कक्षबाटै निकालिएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष चाहनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाएका थिए। पहिलो कार्यकालमा केही राम्रो काम गरेपनि अहिले ब्याज खाएर बसेका छन्।
घिसिङले कति सम्म अराजकता प्रदर्शन गरिरहेका छन् भनेर बुझ्न बुधबारको घटना हेर्नुपर्छ। अपर तामाकोशी सञ्चालक समिति बैठक बुधबार ज्ञानेश्वरमा साँझ डाकिएको थियो। घिसिङ र सञ्चालक सदस्यबीच विवाद चर्कियो, अनि ‘यो सरकार र बोर्ड उस्तै छ, दुवै मेरो बदनाम गर्न लागेका छन्’ भन्दै घिसिङ एक सदस्यमाथि हातपातमै उत्रिए। उनले स्वतन्त्र सञ्चालकलाई गिलास प्रहारको प्रयास समेत गरे। ती सञ्चालक सदस्यले भुक्तानीमा आर्थिक पारदर्शीता हुनुपर्ने विषय उठाएपछि कम्पनीका अध्यक्षसमेत रहेका घिसिङ सूचना चुहाउने गरेको क्रुध बनेका थिए। त्यसपछि घिसिङलाई बैठक कक्षबाट निकालिएको थियो।
घिसिङले अपर तामाकोशीमा एकलौटी गर्न थालेपछि त्यस अघि माघ ८ गते बोलाएको बैठकमा बहुमत पुगेको थिएन। त्यही भएर बैठक स्थगित भएको थियो। सोही कारण घिसिङले बुधवार नै निमित्त उपप्रबन्ध निर्देशकलाई सञ्चालकमा नियुक्त गरेका थिए।
तामाकोशीको अध्यक्षमा घिसिङ छन् भने सदस्यमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, कर्मचारी सञ्चय कोषबाट दर्शन भट्टराई, नेपाल विद्युत प्राधिकरणकै मदन तिमिल्सिना छन्। त्यस्तै सृजना सुवेदी, राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की पनि सञ्चालक सदस्य छन्। हेमन्त पोखरेल र भोलानाथ घिमिरे पनि नागरिक लगानी कोष र बीमा संस्थानबाट सदस्य हुन्।
घिसिङले यसअघि माथिल्लो तामाकोशीमा सञ्चालक समितिको अनुमतिबिनै सिनो हाइड्रोलाई ६ अर्ब रूपैयाँ भुक्तानी गरेका थिए। जबकि, १५ प्रतिशत भन्दा बढी भुक्तानी दिन सञ्चालक समितिको सहमति चाहिने व्यवस्था छन्। भुक्तानी दिएको ६ वर्षपछि २०७९ भदौमा बसेको सञ्चालक समितिको बैठकमा उक्त भुक्तानी दिएको विषय प्रमाणित गराउन प्रस्ताव ल्याइए पछि विवाद भएको थियो। त्यति मात्र होइन घिसिङले माथिल्लो तामाकोशीको सयौँ रोपनी जग्गा नेपाल विद्युत प्राधिकरण सहायक कम्पनी रहने गरी अगाडि बढाइएको ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ आयोजनालाई दिएका थिए।
घिसिङले ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडमा कम्पनीको मर्मविपरीत काम गरिरहेका छन्। जसकारण लगानीकर्ताहरूले अझै वर्षौँ सम्म प्रतिफल गुमाउने देखिएको छ। घिसिङका कारण अपर तामाकोशीमा राज्य र सर्वसाधारणको गरी २१ अर्ब १८ करोड रुपैयाँ लगानी जोखिममा परेको छ। कम्पनीको सुरुवातमा १० अर्ब ५९ करोड चुक्तापुँजी राखेर जनता र विभिन्न सरकारी निकायलाई सेयर जारी गरिएको थियो। पछि पुनः हकप्रद सेयरबापत १ः१ का दरले सतप्रतिशत सेयर जारी गरियो। अहिले कम्पनीको चुक्ता पुजी २१ अर्ब १८ करोड रुपैयाँ छ।




.gif)





