images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म...

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

images
images
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौं, २६ माघ । काठमाडौंका विभिन्न स्थानमा शनिबार बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ।

    images
    images

    नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको एउटा फिडर र बलम्बु वितरण केन्द्रको दुइटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो।

    बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजे देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यस क्षेत्रमा सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घन्टा विद्युत अवरूद्ध हुने भएको हो।

    images
    images

    बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    त्यस्तै जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको ले विद्युत अवरूद्ध हुने भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend