images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • शेयर निष्कासनको बाटो खुल्यो ३१ वटा...

शेयर निष्कासनको बाटो खुल्यो ३१ वटा मर्चेन्ट बैंकले  शेयर निष्कासन गर्ने ?

शेयर निष्कासनको बाटो खुल्यो ३१ वटा मर्चेन्ट बैंकले  शेयर निष्कासन गर्ने ?

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौंः शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाई समेत प्राथमिक निष्कासन अनुमति दिने निर्णय गरेको छ। यस अघि उनीहरूले निष्कासन अनुमति पाउँदैन थिए। बोर्डले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई अनुमति दिन सक्ने जनायो।

    images
    images

    यस अनुसार अहिले मर्चेन्ट बैंकको काम गर्ने भन्दै अनुमति लिएका सबै मर्चेन्ट बैंक प्राथमिक निष्कासनको लागि योग्य हुने छन्। तर अनुमति दिँदै गर्दा बोर्डले केही सर्त अघि सारेको छ। जसमा मर्चेन्ट बैंकिङ काम सुरु गरेको १० वर्ष हुनु पर्ने छ भने उनीहरूको चुक्ता पूँजी एक अर्ब पुगेको हुनु पर्ने छ। जुन सर्तका कारण तत्कालै एक मर्चेन्ट बैंक मात्रै प्राथमिक निष्कासनको लागि योग्य देखिन्छ। अहिले सञ्चालनमा रहेका मर्चेन्ट बैंक मध्ये प्रभु क्यापिटलको मात्रै चुक्ता पूँजी एक अर्ब भन्दा माथि छ। एक अर्ब २० करोड चुक्ता पूँजी भएकै कारणले उसले यो व्यवसायमा आफूलाई सबैभन्दा ठुलो कम्पनीको रुपमा प्रस्तुत गर्दै आइरहेको छ। उसको अनुभव समेत १० वर्ष भन्दा बढी भएकोले उसले मात्रै अहिले प्राथमिक निष्कासनको लागि आवेदन दिन सक्छ। अरू सबै मर्चेन्ट बैंकले प्राथमिक निष्कासन गर्नु भन्दा पहिले चुक्ता पूँजी नै एक अर्ब पुर्‍याउनु पर्ने छ।

    अहिलेको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ का अनुसार सबै काम गर्ने मर्चेन्ट बैंकको चुक्ता पूँजी २० करोड हुनु पर्छ। यसरी आउने दिनमा उनीहरूले चुक्ता पूँजी बढाएर एक अर्ब पुर्‍याउनु पर्ने छ। सबैले तत्कालै एक अर्ब पुर्‍याउन जोड दिने छैनन्। जसको अनुभव १० वर्ष पुगेको छ। उसले मात्रै एक अर्ब पुर्‍याउन जोड दिने छ। अनुभव नपुग्नेहरूले बिस्तारै बढाउँदै लैजाने बताइएको छ। “अहिले प्रभु क्यापिटल बाहेक कसैको पनि एक अर्ब चुक्ता पूँजी पुगेको छैन। प्राथमिक निष्कासनमा जान चाहनेले भने एक अर्ब पूँजी पुर्‍याउने छन् बाँकीले बिस्तारै बढाउँदै लैजाने देखेको छु” मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष रमेन्द्र रायमाझीले भने।

    images
    images

    रायमाझीका अनुसार सबै मर्चेन्ट बैंक पब्लिकमा जान चाहन्छन्। तर धितोपत्र बोर्डले राखेको सर्त अनुसार अहिले नै सबै निष्कासन गर्ने अवस्थामा छैनन्। केहीको चुक्ता पूँजी पुग्दैन भने केहीको अनुभव नपुग्ने देखिन्छ। तर जान चाहिँ सबै पब्लिकमा जने छन्। समय अनुसार मर्चेन्ट बैंकको शेयर पनि दोस्रो बजारमा कारोबार गर्न सकिने छ।

    रायमाझीकै कुरालाई आधार मान्ने हो भने आउने दिनमा ३१ वटा मर्चेन्ट बैंकले  शेयर निष्कासन गर्ने छन्। सबैको चुक्ता पूँजी एक अर्ब नै मान्ने हो भने  उनीहरूले कम्तीमा ३० प्रतिशत निष्कासन गर्ने छन्। प्रति शेयर एक सयका दरले कुल ९ करोड ३० लाख कित्ता शेयर निष्कासन हुने छ।

    धितोपत्र बोर्डका अनुसार अहिले ३१ वटा मर्चेन्ट बैंकले लाइसेन्स लिएर काम गरिरहेका छन्। उनीहरू सबैले सबै काम गर्दैनन्। मर्चेन्ट बैंकले गर्ने काम अनुसार बोर्डले अनुमति दिने गर्छ। निष्कासन तथा बिक्री प्रबन्धक,धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर), शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको रुपमा मर्चेन्ट बैंकले छुट्टा छुट्टै लाइसेन्स लिनु पर्छ।

    २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने मर्चेन्ट बैंकले माथि उल्लेखित सबै काम गर्न पाउँछन्। सबै कामको एकमुष्ट अनुमति लिएको भएपनि वार्षिक रुपमा उनीहरूले अनुमति पत्र नवीकरण गर्नु पर्छ। धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ अनुसार मर्चेन्ट बैंकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र अनुमति पत्र नवीकरण गराउनु पर्ने हुन्छ। समयावधि भित्र नवीकरणका लागि निवेदन पेस नगर्ने मर्चेन्ट बैंकरले उक्त म्याद समाप्त भएपछि अनुमति पत्र नवीकरण नगरे सम्म धितोपत्र व्यवसाय गर्न नपाउने व्यवस्था छ। तर धितोपत्र बोर्डको आधिकारिक वेभसाईटमा राखिएको विवरण सत्य मान्ने हो भने २४ मर्चेन्ट बैंकले अनुमति पत्र नवीकरण गरेका छैनन्। जसले गर्दा उनीहरूले मर्चेन्ट बैकको काम गर्न नपाउनु पर्ने हो। तर बजारमा सबै मर्चेन्ट बैंकले आफ्नो काम गरिरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend